बारा – पथलैया बीरगंज औद्योगिक करीडोर अन्र्तगत बाराको पिपरा सिमारा ५
बजनी स्थित शालिमार सिमेन्ट उद्योग अगाडि एक ट्यांकरको ठक्करबाट मंगलबार मध्यान्ह
एक साईकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साईकल यात्री पर्सा बिरुवागुठी गाविसको छाप्रा टोल निवासी ४५
वर्षीय पासाङ्ग लामा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पथलैयाबाट बीरगंज तर्फ जादै गरेको ना २ ख ४० नम्बरको तेल टेंकरले मध्यान्ह १२
बजे विपरित दिशाबाट आउदै गरेको साईकलमा जादै गरेको लामालाई ठक्कर दिदा उनको घटना
स्थलमै मृत्यु भएको हो ।
मृतकको शव परिक्षणको लागी नारायणी उपक्षेत्रिय अस्पताल बीरगंजमा लगिएको र टेंकर
र चालक प्रहरी नियन्त्रणमा रहेको जनाईएको छ ।



