दाङ – खुकुरी प्रहार गरी एकजना व्यवसायीको हत्या भएको छ ।
जडिबुटी व्यवसायका लागि दाङ आएका रुकुम पोखरा गाविस ६ निवासी २७ वर्षीय टेक बहादुर
घर्तीको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घर्तीको शव बुधबार बिहान दाङको नारायणपुर गाविस ४ दक्षिण अम्राइमा फेला परेको
थियो । उनको टाउकोमा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले
एकथान खुकुरी ब्रामद गरेको छ ।
हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक मीहला सीहत तीन जनालाई नियन्त्रणमा
लिएको छ । पक्राउ पर्नेहरुमा घर्तीसँगै जडिबुटी व्यवसायमा आएका रुकुम पोखराकै
दलबहादुर बुढा, सुरेन्द्र रोका र कुलबीर बुढा रहेका छन् । घटनाबारे थप अनुसन्धान
भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएस्पी मोहन पोखरेलले बताए ।
घर्तीको शवलाई अहिले पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा
ल्याइएको छ । आर्थिक लेनदेनको कुरामा विवाद भएपछि हत्या भएकोे हुनसक्ने प्रहरीले
आशंका गरेको छ ।



