उत्तम अधिकारी
आबुधाबी – यूएई डेस्क – नेकपा एमालेको प्रवास कमिटी अन्तर्गत सम्युत्त अरब एमिरेट्स यूएईमा स्थापित प्रवासी नेपाली संघ र प्रवासी नेपाली युवासंघ ले एक कार्यक्रमका बिच आ-आफ्ना उपाध्यक्ष लाई बिदाइ गरेका छन। गत हप्ता यूएईको आबुधाबी ईलेक्ट्रामा एक कार्यक्रमको आयोजना गरी यि दुई संघले प्रवासी संघका उपाध्यक्ष एवम सगंठन बिभाग प्रमुख लक्षमण सापकोटा तथा युवासंघका उपाध्यक्ष रवी भुजेललाई बिदाइ गरेको हो।
१५ वर्ष अघी रोजगारका लागि यूएई आई समाजसेवा सगै आफ्नो बैचारिक एवम राजनितिक लगाव लाई निरन्तर्ता दिदै आएका द्वय लाई आफ्नो काम ब्यस्तता एवम गर्दै गरेको जागिर सक्किएकोले नेपाल फर्किने क्रममा उनीहरु आबद्द सस्थाले स-सम्मान बिदा गरेको हो। सापकोटा ‘सर्वदा वाङमय प्रतिस्ठान का अध्यक्ष, नेपाली समाजका केन्द्रिय सल्लाहकार समेत थिए भने भुजेल प्रवासी नेपाली युवासंघको केन्द्रिय ब्यबस्थापन बिभाग प्रमुख र सगंठन बिभाग प्रमुख समेत थिए।
‘समय अभाबका कारण ब्यबस्थित कार्यक्रमका बिच बिदाइ गर्न नसके पनि समाजसेवी द्वयले पुराएको योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा प्रवास कमिटीलाई एउटा अभिभाकत्व गुमाएको महसुस बनाउने छ’-तर आफ्नो देश फर्किने क्रममा रहेकोले त्यस लाई सुखद र खुशी पुर्व लिनु पर्ने कार्यक्रममा बोल्ने अधीकांश वत्ताहरुले भनाइ राखेका थिए।
नेपाल फर्किन लागेका सापकोटा परिवारलाई कार्यक्रममा उपहार स्वरुप हवाइ टिकट उपलब्ध गराइएको थियो। दुई संघ मिलेर हवाइ टिकट सौजन्य गरिएको हो।
कार्यक्रममा प्रवासी नेपाली युवासंघका अध्यक्ष महेश गिरी, महासचिव बुद्दी प्रशाद सुवेदी,सचिव राजु भुजेल, एवम युवासंघका सदस्य प्रशुराम भुजेल,सुमन बस्नेत, एवम नेपाली समाज आबुधाबी छेत्रीय समितीका अध्यक्ष सुर्य गिरीको उपस्थिती रहेको थियो।