उदयपुर – उदयपुरमा लगातार वर्षाले माथिल्लो सगरमाथा भनिने खोटाङ र ओखलढुंगाका गाउँहरू पहिरोको जोखिममा छन्। खोटाङमा दर्जनौं परिवार बिस्थापित भएको प्रहरीले जनाएको छ। राखाबाङ्देल गाविसमा सात घर र ऐंसेलुखर्कमा एक घर पहिरोले पुरिएका छन्।
पहिरोले राखाबाङदेल- ९ का रामबहादुर विश्वकर्मा, लक्ष्य विश्वकर्मा, अमरकुमार विश्वकर्मा, झम्से विश्वकर्मा, असारमान ढौलाकोटी, किसान भुजेल र रेनबहादुर भुजेलको घर यसअघि नै पुरिइसकेको छ। ऐसेलुखर्क- ७ का इन्द्रकुमारी भुजेलको घर भत्किएको प्रहरी भनाइ छ।
अविरल बर्षाले खोटाङकै दक्षिणी गाविस बोपुङमा पहिरो आसपासका स्थानीय राति घर छाडी सुरक्षित स्थल जानेगरेको स्थानीय अरुण राईले बताए। उनका अनुसार, हालसम्म ३१ घर विस्थापित भइसकेका छन्।
बोपुङ- ८ स्थित विजय प्रावि उच्च जोखिममा छ।



