कपिलवस्तु । कपिलवस्तुमा खोलाले बगाएर एक महिला बेपत्ता भएको प्रहरीले जनाएको छ ।
खोला तर्ने क्रममा बाढीले बगाउदा शिवपुर ५ हल्लानगरका ५२ वर्षिया एक महिला बेपता हुनु भएको हो । तर बेपत्ता महिलाको नाम भने खुल्न सकेको छैन । उहाँको खेजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
यस्तै गएरातीदेखि परेको अबिरल वर्षाका कारण पुर्व पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । कपिलवस्तुको शिवपुर १ चोरखोलामा नजिकै गएको पहिरोले महेन्द्र राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।



