पर्वत – शुक्रवार विहान खोलाले बगाएर पर्वतको माझाफाँट गाविसमा एक
किशोरीको मृत्यु भएको छ । माझफाँट १ स्थित कमल जिसीकी १८ वर्षीया छोरी रुपा जिसीको
खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
विहान ५ बजे शौचालय जान निस्कीकएकी उनको शव धाइरिङ गाविस ५ स्थित लुम्दी खोलाको
ढुंगामा अड्किएको अबस्थामा फेला परेको थियो । शौचालय गएकी छोरी नफर्किएपछि परिवारले
खोजी गर्दा जिसी मृत अबस्थामा फेला परेकी थिइन् ।
घट्नाको अनुसन्धानका लागि अस्थायी प्रहरी चौकी मिलनचोकबाट प्रहरी पठाइएको प्रहरी
निरिक्षक ज्ञानबहादुर सेटिले बताए ।



