
– शालिक राम आचार्य
चारै तिरबाट नेपाली शंघ संस्थाहरुको गठन र पुनः गठनको लहर चलेको छ भने कहिँ चुनाब त कहिँ मन मिलाप चलेको छ यसैक्रममा ओमानमा पनि पछिल्ला दिनहरुमा सम्पूर्ण संघसंस्थाहरुको चुनाबी प्रक्रिया व्यस्तथामा छन। यसै लहरमा सगरमाथा समूह ओमानले पनि गत हप्ता आफ्नो चुनाबि मतको साथ नव कार्यसमिति गठन गरेको छ।
ई सं २००७ मा ओमानमा स्थापित सगरमाथा समुहको तेस्रो साधारण सभा यहि जुलाई १ का दिन सम्पन्न गरिएको छ । राष्ट्रिय गान सँगै शुभारम्भ गरीएका उक्त कार्यक्रम समुहका निबर्तमान अध्यक्ष सागर अधिकारीको सभापतित्वमा कार्यक्रम संचालक समुहका सचिव अमर थापा बाट भएको थियो ।

साधारण सभाको अतिथिहरुमा एनआरएनए ओमान का अध्यक्ष डिबी क्षेत्री नेपाली समाज ओमानका अध्यक्ष गोबिन्द गुरुङ नेपाली एकता समाज ओमनका अध्यक्ष शोभाकान्त लँमिछाने तथा प्रवासी अवाजका सम्पादक बसन्त नेपाल हनु भएको थियो । बैचारिक एवं मनोरजनात्मक वातावरणमा सम्पन्न गरिएको उक्त कार्यक्रममा अन्य पत्रकार साथीहरुको पनि मुख्य उपस्थिती रहेको थियो ।

यसै कार्यक्रम मार्फत सगरमाथा समुहलॆ हाल सम्ममा गरेका सम्पूण्र्ँ प्रगती बिवरण समुहका अध्यक्षद्धारा प्रस्तुत गरिएको थियो र समुहको आय-ब्यय बिवरण कोषाध्यक्ष राजेन्द्र चौधरीले प्रस्तुत गरेका थिए । सात बुँदॆ घोषणा पत्र सहित समापन भएको थियो । उक्त साधारण सभा बँट नै अर्को नयाँ कार्यसमितिको चयन गरिएको थियो । समुहका सल्लाहाकार ईश्वर प्र. रेग्मी द्धारा सपथ ग्रहण्ँ गरँईएको उक्त नयाँ कार्यसमितिको अध्यक्षमा पूनः सागर अधिकारी वरिष्ठ उपाध्यक्षमा केदार देवकोटाउपाध्यक्षमा भिम निरौला महासचिवमा नगेन्द्र पौडेल सचिवमा अमर थापा कोषाध्यक्षमा राजेन्द्र चौधरी सह कोष्ध्यक्षमा दुर्गा प्रसाद बिसि संयोजकमा रविन सिल्पकार प्रवक्तामा कृष्ण खड्का तथा सकृय सदस्यहरुमा रुद्र्र मगर शंकर अधिकारी राजन बस्नेत सन्तराम महर्जन कमल सुवेदी र बदि्र थापा छन् भने अन्य साधरण सदस्यहरुमा ल्याडर्माकमा कार्यरत सम्पूर्ण नेपालीहरु रहेका छन् ।

सभामा बिभिन्न संघ सस्थाका पदाधिकारीहरुले मन्तब्य राख्ने क्रममा ओमानमा राज्यको उपस्थिती नरहेको अवस्थाले गर्दा भैपरी आउने समस्यालाई न्युनिकरण गर्नको लागी सवै संघ संस्थाहरु हातेमालो गर्दै अगाडी बढनु पर्ने कुरामा जोड दिएका थिए । उपस्थित बिभिन्न समाज तथा संस्थाका समाज सेवीहरुले सगरमाथा राहत कोषको लागी बिषेश सहयोग गरेका थिए । असार १५ को सेरो फेरोपरेकोले त्यस दिनको सम्झनामा सभामा उपस्थित जनमानस बिच शुभकामना आदान प्रदान गर्दै दही चिउरा खाएर असार १५ मनाएका थिए भने सगरमाथाका सदस्य नवराज गुरुको नृत्यले सभामा आएका आगान्तुकहरुमा रोमान्चक बढाएको जानकारी सगरमाथा समुहका लक्ष्मणलॆ दिएका थिए ।



