नगरपालिका बनाइएकोमा खुसियाली र दीपावली

गौशाला। महोत्तरीका गौशाला र निगौल गाविसलाई मिलाएर नगरपालिका बनाइएको खुसियालीमा स्थानीय बासिन्दाले आज बिहान दीपावली गरेका छन् ।सोही खुसियालीमा एक समूहले बाजागाजाका साथ कलशयात्रा गरी गौशाला र निगौलका प्रत्येक टोलमा पुगेर खुसी प्रकट गरेका थिए ।

त्यस्तै ती गाविसका प्रत्येक घरघरमा बिहानैदेखि मूलढोकामा कलश र दियो बालेर नगरपालिकाको शुभागमनलाई स्वागत गरिरहेको स्थानीय बासिन्दा हजारी साहले बताए  ।

नगरपालिका घोषित हुनासाथ गौशालामा स्थानीयवासीले बिहानैदेखि रङ्गीचङ्गी पहिरनमा प्रत्येक चोक, चौतारा र पसल बजारमा आफन्त, मित्र, साथीभाइ र छिमेकीसँग रातो, नीलो र पहेँलो अबिर दलेर खुसी तथा बधाई साटासाट गरिरहेका छन् भने प्रत्येक घरमा मीठा खानेकुराहरू पकाइँदैछन् ।

जिल्लाको प्रमुख कृषि बजारका रुपमा प्रख्यात गौशाला नगरपालिकामा परिणत भएपछि यहाँको व्यापार फस्टाउने तथा सेवामा वृद्धि हुने कुरा राजनीतिकर्मी लक्ष्मी महतोले बताए  ।

करिब १५ हजार जनसङ्ख्या भएको गौशाला र निगौलमा नगरपालिकाको आगमनले खुसीको लहर चलेको छ ।
नवलपरासी (गैँडाकोट)

अन्य समाचारहरु