बाग्लुङ सेवा समाज यूएईको गठन हुने

– उमाकान्त पाण्डे “गाउंले”


यूएई डेस्क –  बाग्लुङ बाट यूएईमा आई बिभिन्न पेशा तथा बयबसायमा आबद्द बाग्लुङेली हरु एउटै छाता मुनी बस्ने भएका छन । प्रवासी जीवन त्यो पनि खाडीमा एउटै जिल्लाका बासिन्दा एक जुट भएमा जिल्लाको बिकास,तथा जिल्ला बासीहरुलाई परी आउने सबैखालका समस्या समाधान गर्न सकिने उद्देश्यले सो समाज गठन गर्न लागिएको हो।


बाग्लुङ बाट यहाँ आइ कार्यरत गोपाल कडेलले जारी गरेको एक सुचनामा उल्लेख भए अनुसार जिल्ला बाट यहाँ आइ छरिएर रहेका सम्पूर्ण जिल्ला बासीलाई सम्पर्कमा आउन आग्रह गरिएको छ।


जिल्लाको शाब्दिक रुपमा वर्णन गर्दै  ‘नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलमा अवस्थित एक पहाडी जिल्ला हो,यो जिल्लाले झोलुङ्गे पुलको जिल्लाका रुपमा पनि अर्को चिनारी बनाएको छ,झोलुङगे पुल मार्फत गाउ गाउलाई जोडे जस्तो बाग्लुङ सेवा समाज यूएईले खाडीमा कार्यरत सम्पूर्ण जिल्लाबासी लाई एउटै छातामा आबद्द गर्न पहल गरिने जनाइएको छ।


नेपाल भित्रको सानो नेपाल नामले परिचित बागलुङ जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने प्राकृतिक रुपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला भए पनि बाग्लुङ सेवा समाज यूएई लाई ब्यापक रुपमा विस्तार गर्दै तल्लो तह सम्म पुराउने उद्देश्य राखिएको छ।


बाग्लुङ जिल्ला बाट रोजगारीको सिलसिलामा यूएईका सबै शहरमा रहेका सम्पूर्णको सहयोग एवम सल्लाह सुझावका आधारमा बाग्लुङ सेवा समाज यूएईको गठन गरिने जारी सुचनामा जनाइएको छ।


बाग्लुङ सेवा समाज यूएईमा आबद्द हुन चाहानेका लागि सम्युत्त अरब एमिरेट्स यूएईको दुबइमा मानबहादुर थापा ०५० ७६४२००३,गोपाल कंडेल अलबर्षा क्षेत्र दुबइ-०५५ ५५७८१५८,गोकर्न पौडेल-दुबइ-०५०२५७०७५१, सारजाह क्षेत्रमा पूर्ण सापकोटा-०५५ ६७३७५९२ र आबुधाबी क्षेत्रमा चित्र बहादुर के.सी.लाई ०५५ ८७२३३९५ सम्पर्क गर्न सकिने छ।

 

स्मरण रहोश यूएईमा हाल सामाजिक एवम राजनितिक संघसस्था ७० भन्दा बढी छन,यधपी नेपालीलाई पर्ने समस्या दिन प्रतिदिन बढेका छन तथा समस्यामा परेका नेपालीले उचित राहत नपाएका गुनासा सुनिने क्रम रोकिएको छैन।