जापान बस्दै आएकी एक नेपाली महिलाको श्रीमानसँगै सुतेकैबेला अपहरण

                           थापा दम्पत्ति बस्दै आएको अपार्टपेन्ट । तस्बिर सौजन्यः समुद्रपारि डट कम

काठमाडौं  – पेरुका अपहरणकारीले जापान बस्दै आएकी एक नेपाली महिलाको
मंगलबार विहान श्रीमानसँगै सुतेकैबेला अपहरण गरेका छन् ।

साइतामा केनको कावागोयस्थित आफ्नै अपार्टमेन्टमा श्रीमान तोरणसँगै सुतिरहेकाबेला
महिलासहित आएको अपहरणकारी समूहले २७ वर्षीया महिला उमा थापाको स्थानीय समयअनुसार
मंगलबार विहान ४ बजे अपहरण गरेको हो ।

उनलाई अपहरणकारीले लछार पछार गर्दै अपहरण गरेको मगर सेवा समितिका अध्यक्ष खिम
थापालाई उद्धृत गर्दै जापानको सामूदायिक वेबसाइट समुद्रपारि डटकमले जनाएको छ ।

अपहरणकारी पेरु नागरिक भए पनि अपहरित उमाको अवस्थाबारे भने समाचारमा खुलाइएको
छैन । बागलुङ रिघा घर भएका तोरण दुई वर्षदेखि कुक पेशामा कार्यरत थिए । उमा भने एक
वर्षअघि जापान गएकी थिइन् ।