महिला समिती यूएईले तिज कार्यक्रम गर्ने

– उमाकान्त पाण्डे गाउंले


२२ जुलाई- शुक्रबार – आबुधाबी -यूएई डेस्क- नेपाली महिला समिती यूएईले ‘हरितालिका तिज २०६८’ एक बिशेष सास्कृतिक कार्यक्रमका बिच मनाउने भएको छ। समितीले  एक प्रेस बिज्ञप्ती जारी गर्दै सो कुराको सार्वजनिक गरेको हो।वार्षिक रुपमा मनाउदै आएको तिज कार्यक्रमलाई यस् वर्ष पनि निरन्तरता दिएको बिज्ञप्तीमा जनाइएको छ।


‘सम्युत्त अरब एमिरेट्स यूएईमा कार्यरत सम्पूर्ण महिला लाई एउटै छाता मुनी राखी सगंठित गर्दै जाने उद्देश्यले स्थापित नेपाली महिला समीतिले अघिल्ला वर्षमा जस्तै वार्षिक रुपमा मनाउदै आएको हिन्दू नेपाली महिला हरुको महान पर्व ‘हरितालिका तिज’ लाई यस् वर्ष पनि भब्य रुपमा मनाउने भएको जानकारी गराउदछौ’ जारी विज्ञप्तीमा भनिएको छ। बिज्ञप्तीमा अगाडि भनिएको छ ‘प्रवासमा त्यो पनि महिला कामदार भएर कामगर्न आँफैमा ठुलो समस्या भएको आम-सबै लाई नै अवगत छ’ “यधपी हामी महिलाको पर्व हामी महिला नै मिलेर कार्यक्रम आयोजना गर्नु उत्तम हुने ठहर गर्दै सम्युत्त अरव एमिरेट्स यूएईको दुबइमा ‘हरितालिका तिज – २०६८’ लाई बिशेष रुपमा मनाउने तयारी गरेको जानकारी गराउन चाहन्छौ।


‘हामी महिलाले मात्र प्रवासमा खास केही गर्न नसके पनि महिला समीतीले यही आउदो अगस्ट २६ शुक्रबार आयोजना गर्ने तिज बिशेष सास्कृतिक कार्यक्रमलाई आ-आफ्नो क्षेत्र बाट प्रचार-प्रसार एवम सम्पूर्ण नेपाली महिला दिदी – बहिनी तथा दाजु-भाइमा यो खबर सम्प्रेशण गरी जानकारी प्रदान गर्न सहयोग गर्नुहुनेछ भन्ने ठुलो आशा यस् समितिले राखेको छ’ भन्दै समीतिकी  अध्यक्ष राधा ढकाल एवम महासचिव साबित्री एमसी ले बिज्ञप्ती जारी गरेका छन।


आगामी भाद्र १४ तदनुसार अगस्ट ३१ तारिख परेको तिजलाई प्रवासका नेपाली महिलाहरु समय र परिस्थिती लाई मध्यनजर गर्दै अगस्टको २६ तारिख शुक्रबार दुबइको अल अविर स्थित बिशेष हलमा दिउस ४ बजे देखी सास्कृतिक कार्यक्रम र तथा महिला लाई दर खुवाउने कार्यक्रम भएकोले सम्पूर्ण को उपस्थितीको लागि अग्रिम निमन्त्रणा टक्राउछौ जारी बिज्ञप्तीमा भनिएको छ।


बिज्ञप्तीको अन्त्यमा भनिएको छ ‘खास गरी कार्यक्रममा महिलाहरुका लागि प्रवेश शुल्क नलिने तथा पारिवारिक जमघटको रुपमा आउने सदस्यलाई समेत  निशुल्क प्रवेश  बनाइ साझ दर खुवाउने कार्यक्रम पनि राखिएकोले आफुले सक्दो सहयोग गरी कार्यक्रम लाई सफल बनाइ दिनु हुन यस् नेपाली महिला समिती यूएई हार्दिक अनुरोध गर्दछ।’


स्मरण रहोश नेपाली महिला समिती यूएईले गत वर्ष यूएईकै नेपाली (त्यतिबेला सम्मको) एतिहासमा सर्वाधिक महिलाको उपस्थितीमा हरितालिका तिज मनाएको थियो।