पैसा नभएको चेक दिएर ठगी गरेको अभियोगमा ठेकेदार पक्राउ

– प्रतिमा बाँस्कोटा

काठमाडौं – बाउन्स चेक दिएर ठगी गरेको अभियोगमा प्रहरीले बालुवा ठेकेदार
गणेश लामालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सिरुपती
कन्स्ट्र्रक्सनका मालिक लामालाई शुक्रबार दरबारमार्गबाट पक्राउ गरेको हो ।

लामाले
पाइनियो कम्पनीका सञ्चालकलाई बाउन्स चेक दिएको काठमाडौं परिसरका प्रवक्ता डीएसपी
धीरजप्रताप सिंहले बताए । पवन यादवको पाइनियो नेपालले सडक पिच गर्न प्रयोग हुने
अलकत्रा उपलब्ध गराउने काम गर्छ । यादवलाई अलकत्रा उपलब्ध गराइदिएबापत दिनुपर्ने २५
लाख रुपैयाँ गत वर्षको कात्तिकमा लामाले राष्ट्र बैंकका दुईवटा चेक दिएका थिए ।

१०
र १५ लाखका ती चेक बाउन्स भएपछि पैसा उठाउन जाँदा लामाले धम्क्याएर पैसा नदिएको
प्रहरीले जनाएको छ । लामालाई बैंकिङ कसुरअन्तर्गत कारबाही गरिने सिंहले जानकारी
दिए ।

अन्य समाचारहरु