क्वालालम्पुर अन्तर्राष्ट्रिय विमान स्थलमा दुई नेपाली अलपत्र

– रामचन्द्र नेपाल

काठमाडौ  – रोजगारीका लागि मलेसियामा आईपुगेका दुई युवा
क्वालालम्पुरमा अलपत्र परेका छन् ।

यसरी अलपत्र पर्र्नेमा पक्लीहवा ५ नवलपरासीका मुन्ना सिहं वाह्घरे मगर र लेटाङ
३ मोरङका लाल वहादुर तामाङ रहेका छन् ।

६ दिन अगाडि रोजगारीको लागि मलेसिया आएका उनीहरुलाई स्थानीय ऐजेण्टले
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमान स्थलमा लिन नगएपछि करीव दुई दिन वस्नुपरेको
थियो ।

दुई दिन पश्चात स्थानीय एजेण्टले एयरपोर्टवाट वाहिर निकालेर क्वालालम्पुर जाने
बसमा चढाएपछि एजेण्ट हाल सम्म सम्पर्कमा नआएपछि उनीहरु विचल्लीमा परेका हुन ।

एजेण्टले तोकिएको स्थानमा गएर वस्न अनुरोध गरेपनि दुईदिन वस्दा पनि उनीहरुलाई
एजेण्ट लिन आएको छैन । उनीहरु दुवै जना संग पासपोर्ट भन्दा वाहेक केहि पनि छैन ।
नेपालवाट ल्याएको झोला समेत एजेण्टले लगिदियो हामिसंग लगाउने कपडा समेत छैन लाल
वहादुरले भने ।

कुन मेनपावरवाट आएको हो त्यो पनि उनीहरुलाई थाहा छैन ।

हाल उनीहरु नेपालीहरुको सहयोगमा क्वालालम्पुरमा वसिरहेका छन । नेपालमा करीव ५०
हजार नगद वुझाएर बाँकि रकम मलेसियामा वुझाउने शर्तमा उनीहरु मलेसिया आईपुगेका थिए ।