बेलायतमा अध्यायनरत एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
करीब २ बर्षअघि विद्यार्थी भिषामा बेलायत आएका पोखराका नविन परियारको उपचारको क्रममा मृत्यु भएको हो । उनी क्यान्सरका बिरामी थिए ।
चाल्र्टनस्थित क्वीन इलिजाबेथ अस्पतालमा उपचार गरीरहेका उनको आइतबार विहान करीब साढें दश बजे मृत्यु भएको अस्पताल श्रोतले बताएको छ ।
परियारको उपचारमा क्रममा बेलायतस्थित विभिन्न नेपाली संस्थाहरुले आर्थिक सहायता दिएका थिए ।
उनी नेपालीले चलाएको म्यारीटाइम गि्रनविच कलेजका विद्यार्थी हुन ।