उदयपुर – उदयपुरको त्रियुगा नदीले बगाएर त्रियुगा नगरपालीका ३ जनप्रेमी टोलका एक बद्धसहित दुईको सोमबार बिहान मत्यु भएको छ ।
घरबाट चुरे जंगल तर्फ च्याउ टिप्न गएका ३५ बर्षीय श्याम चौधरी र ५५ बर्षीय परमचन्द चौधरीको नदीले बगएर मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार साँझ च्याउ टिप्न गएका चौधरी दय आज बिहानमात्रै नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक खग्रेन्द्र खडकाले बताए । च्याउ टिपेर घर र्फकने क्रममा मादक पदार्थ सेवन गरी नदी तर्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरी निरीक्षक खडकाले बताए ।
मृतक चौधरी द्वयको शव पोष्टर्माटमा लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको प्रहरीले जनाएको छ ।



