काठमाडौं – भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझी सवार बा १ झ ४२२५ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई घाइते भएका छन्। केही समयअघि नारायणहिटी पश्चिमगेट नजिकै बा २२ प ९२२३ नम्बरको मोटरसाइकललाई ठक्कर मोटरसाइकल चालक कृष्णबहादुर तामाङ र सवार मिलन आचार्य घाइते भएका हुन्।
उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। मन्त्री रायमाझी चढेको गाडीले सर्वसाधारणलाई ठक्कर दिएपछि ट्राफिकले प्रहरीले गाडी र चालक इन्द्रमणि पौडेललाई नियन्त्रणमा लिएको थियो।
ट्राफिक महाशाखा स्रोतका अनुसार ठक्कर दिने
झन्डावाल गाडीमा मन्त्री पनि सवार थिए । प्रहरीले मोटरसाइकल ट्राफिक महाशाखा
बग्गीखानामा राखेको छ । गाडी चालक इन्द्रमणि पौडेललाई बुधबार १० बजे गाडीसहित आउने
गरी छाडिदिएको छ ।



