– जेपी सापकोटा, आबुधावी
यूएई डेस्क) – मध्यपूर्वि क्षेत्रका साउदी अरेयिबा, युएई, इजिप्ट, कुबेत लगायतका देशहरुमा मुस्लिमहरुको पवित्र महिना रमादान आज – अगस्त १, सोमबार) देखि प्रारम्भ भएको छ । इस्लामिक पात्रो अनुसार चन्द्रमालाई आधार बनाएर रमादान शुरु भएको घोषणा गरिनेहुादा चन्द्रमाको गतिसागै समयमा आएको फरकले विभिन्न देशमा रमादानको समयमा समेत केही फरक हुने गर्छ । पाकिस्तानमा यो पर्व भोली मनाइदैछ भने भारत तथा नेपालमा भोली वा पर्सीदेखि शुरुहुने अनुमान गरिएको छ ।
यो एक महिने ब्रतमा सधैं खाइरहने धनीहरुले समेत भोकै बसेर गरीबहरुको भोक अनुभव गर्न सक्ने मान्यतामा आधारित छ । यो अवधिभर सबै मुस्लिमहरुले उपवास बस्ने गर्दछन् । तर बालक, बिरामी, मानसिक सन्तुलन ठीक नभएका र असक्तहरुमा यो उपवास अनिवार्य छैन । रमादान सकिएको भोलीपल्ट ईद- उल फित्र -ईद) मनाइन्छ । ईद नमाज -ईदूलफित्र अदा ) पढनुअघि आफ्नों बचतको अढाई प्रतिशत रकम वा बचत नभए अढाई केजी गहुँ -फित्रा) बराबरको मूल्य वा अन्न गरीबलाई दानगर्ने संकल्प गर्नु अनिवार्य छ ।
संसारभरिका मुस्लिमहरुले रमादानको एक महिनासम्म घाम झुल्किए देखि सूर्यास्त नहुन्जेलसम्म पानी समेत नपिई कठोर ब्रत राख्छन् । इस्लाम धर्ममा रमादाको महिनाभरि स्वर्गको ढोका खुल्ला हुन्छ र नर्कको ढोका थुनिन्छ भन्ने विश्वास रहेको छ । सूर्योदयभन्दा केही समयअघि सेहरी -बिहानको खाना) र सूर्यास्तपछि ईफ्तार खाने चलन छ । ईश्लाम धर्मालम्बीहरुले दैनिक पााच पटक प्रार्थना -नमाज) पढ्ने गर्छन् । ईश्लामिक मुलुकहरुमा रमादानको महिनाभरि सार्वजनिक स्थलमा खाएको, पिएको वा धुम्रपान गरेको पाइएमा सजायको भागिदार हुनुपर्ने कानुनी प्रावधान रहेको पाइन्छ । संयुक्त अरब इमिरेट्स्मा यो परंपरा उल्ांघन गरिएको पाइएमा एक महिनासम्म जेल सजाय वा दुई हजार -करीब नेरु ४० हजार) सम्म जरिवाना हुनसक्ने युएईको फेडेरल पेनेल कोर्टको धारा ३१३, १९८७ -२००६ को संशोधन समेत) मा व्यवस्था गरिएको पाइन्छ । त्यस्तै युएईको फेडरल ल १९८० को धारा ६५ मा कामदारले खाइपाई आएको तलब नघट्ने गरी रमजान अवधिभर साविकको काम गर्ने समय ८ घण्टालाई घटाएर ६ घण्टा कायम गरिएको छ ।
यो पवित्र महिनाको अवसरमा खाडीस्थित नेपाली मुस्लिम अग्रजहरुले शुभकामना प्रकट गरेका छन् । नेपाल मुस्लिम फोरम फर कल्चर एण्ड डेभलेप्मेन्ट, युएईका अध्यक्ष ई. मोहम्मद आयुब खानले यहांस्थित सम्पूर्ण मुस्लिम र गैह्र मुल्लिम नेपालीहरुमा रमजानको शुभकामना प्रकट गरे । जुन मुलुकमा आफू बसोबास गरिन्छ सोही मुलुकको देशको कानूनलाई इमान्दारितापूर्वक पालना गर्नुपने ईस्लाम धर्मको हदिसमा लेखिएको कुरा उल्लेख गर्दै धार्मिक सहिष्णुताको उदाहरणीय मुलुक नेपालबाट यहांआएर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुबाट सधैंका बर्षजस्तै यस बर्षपनि यहांको कानूनको पूर्णता पालना हुनेमा विश्वास प्रकट गरे । कतारस्थित नेपाली व्यवसायी तथा एक दर्जनभन्दा बढी इस्लामिक पुस्तकका लेखक समेत रहेका मौलाना मोहम्मद रमजान अलीले यो आत्म शुद्धिको पर्व भएको उल्लेख गर्दै सम्पूर्ण मानवजातिको कल्याणकोलागि उपयोगी होस् भन्ने कामना प्रकट गरे । साउदी अरबस्थित गैर आवासीय नेपाली संघका मध्यपूर्व सह- संयोजक राजु सैयदले यो पावन पर्वले देशमा संविधान बन्ने आधार तयार गरोस् भन्ने शुभेच्छा प्रकट गर्दै संसारभरिका एनआरएनहरुको प्रगति, संबृद्धि र उन्नतिको कामना गरेका छन्।