– कृष्ण खनाल
बुटवल २१ साउन । मेडिकल ल्याबोरेटरी एशोसीयन अफ नेपाल मेलान रुपन्देहीको प्रथम जिल्ला अधिबेशनबाट अध्यक्षमा गुणनिधी खनाल निर्बाचित भएका छन ।
शनिवार सम्पन्न अधिवेशनबाट खनालको अध्यक्षतामा १५ शदश्य कार्यसमिती चयन गरेको छ । निर्वाचित पदासधिकारीहरु उपाध्यक्षमा पदम बस्याल सचिवमा रमेश पाण्डे सह-सचिवमा मान बहादुर श्रेष्ठ कोषाध्यक्षमा बाबुराम पाण्डे चयन भएका छन । त्यस्तै सदस्यहरुमा श्रीधर खनाल अम्बीका पाण्डे गुनु थापा मनिष श्रेष्ठ पदमराज सुवेधी भेषनारायण चौधरी अर्जुन आचार्य सुरेन्द्र गुप्ता र लक्ष्मण ज्ञवाली रहेका छन ।
मेलानका केन्द्रिय सचिव खेमराज अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा बिशेष अतिथी लुम्बिनी अाचल अस्पताल बुटवलका मेडीकल सुपरेटेन्डेट डा। विष्णु शर्मा मेलानका केन्दीय सदस्य शंकर पाण्डे पे्रम शर्मा रमेश पाण्डे लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशन तयारी समितीका संयोजक गुणनिधी खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संाचालन विजय अर्यालले गरेका थिए ।