एकता समाजको इकाई समिती गठन

कतार नेपाली एकता समाजको गौरवमय तेश्रो राष्ट्रिय सम्मेलन मुस्लिम धर्मालम्वीहरुको महान पर्व इद उल फितरको दोश्रो र तेश्रो संभवतः यहि अगष्ट ३०३१ दिन दोहामा सम्पन्न हुनगैरहेको छ । सम्मेलनलई पुर्णरुपमा सफल पार्नको लागि तिव्ररुपमा तयारी भैरहेको छ । सदस्यता बितरण इकाई तथा एरिया समितीहरु गठनपुनर्गठन ब्यापक रुपमा भैरहेको छ ।

 

यसैक्रममा दोहा एरियाका कोषाध्यक्ष उद्धव मगरको पहल तथा समाजका केन्द्रिय सदस्य लुमाकान्त पुनको बिषेश्ा उपस्थितिमा ४ अगष्टका दिन दोहा एरिया मातहत रहनेगरी ११ सदस्यीय नयां अलखोर रोड इकाई समिती पुनर्गठन गरिएको छ । नवनिर्वाचित कार्यसमितीमा निम्न साथीहरु रहनुभएको छ । सभापति बिरेन्द्र श्रेष्ठ भोजपुर उपसभापति ठगेन्द्र कुमार मगर मोरङ्ग सचिव अर्जुन भण्डारी झापा सहसचिव मनोज शाक्य सुनसरी कोषाध्यक्ष श्रीकृष्ण उपाध्याय रुपन्देही र सदस्यहरुमा क्रमशः मनोज थापा गोरखा बिष्णु खत्री खोटाङ्ग तेज बहादुर खत्री खोटाङ्ग ललित मगर दाङ्ग साथै सल्लाहकारमा अटल िसंह बुढा मगर रोल्पा र शिव राज चौधरी चितवन रहनुभएको छ ।

 

कार्यक्रमको शुरुमा केन्द्रिय अतिथी लुमाकान्त पुनले प्रशिक्षण दिनु भएको थियो भने उद्धव मगरले समाजको बारेमा प्रकाश पार्नु भएको थियो । अन्तमा नयाँ कार्य समितीलाई कार्यक्रमको अतिथी एवं एकता समाजका कार्यकर्ता  सुर्य सुवेदीले हार्दिक बधाई तथा शुभकामना दिनुभएको थियो ।