– कृष्ण खनाल
बुटवल साउन २२ । नेपालकै नमुना सामुदायिक बनको रुपमा परिचित शंकरनगर सामुदायिक बनमा म्याङ्गो पार्क स्थापना गरिने भएको छ ।
लायन्स लायनेस र लियो क्लब अफ बुटवलको संयुक्त प्रयासमा रुपन्देहीको शंकरनगर स्थित बनबाटीकामा म्याङ्गो पार्क अर्थात आँप बगैचा निर्माण गरिने भएको छ ।
शंकरनगर सामुदायिक बनको करिब १ बिगाह क्षेत्रफलको जग्गामा म्याङ्गो पार्क अर्थात आँप बगैचा निर्माण गर्ने उद्येश्यले २ सय वटा बिभिन्न प्रजातीका आँपका बिरुवा रोपिएको छ ।
लायन्स क्लबको बार्षिक कार्यक्रम अनुसार बृक्षारोपण गर्नुपर्ने भएपनि यसलाई म्याङ्गो पार्क अर्थात आँप बगैचाका रुपमा बिकास गर्नसकेमा बृक्षारोपणको दिगो ब्यबस्थापन र संरक्षण हुने भएकोले यसप्रकारको कायक्रम गरिएको बताईएको छ ।
आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको शंकरनगर बनबाटीकालाई अझै आकर्षक र मनोरम बनाउन म्याङ्गो पार्क अर्थात आँप बगैचा निर्माणले थप टेवा मिल्ने बिश्वास गरिएको पनि जनाईएको छ ।