०८ अगष्ट २०११ (अर्घाखाँचीडट्कम, यूरोप व्युरो) । अफगानिस्तानको कपिसा प्रान्तमा यही ७ अगष्ट २०११ मा भएको आक्रमणमा परी एक नेपाली सहित दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा (फ्रान्सको विदेशी सेना) फ्रेन्च लिजन आर्मीमा कार्यरत किसन बहादुर थापा रहेका छन । अफगानिस्तानमा तालिवान विद्रोहीहरुसँग भएको भिडन्तमा उनको मृत्यु भएको फ्रान्सको राजधानी पेरिस स्थित राष्ट्रपति कार्यालयले जनाएको छ। र सो कार्यालयले उक्त घट्नामा ज्यान गुमाउने प्रति एक विज्ञप्ती मार्फत दु:ख प्रकट समेत गरेको छ।
उता फ्रेन्च लिजन आर्मी मै कार्यरत अफ्रिकी मुलुक आइवरी कोस्टमा रहेका अर्घाखाँचीबासी एक नेपाली राम बहादुर राना भाटले अर्घाखाँचीडट्कमलाई ईमेल मार्फत जानकारी गराए अनुसार फ्रेन्च लिजन आर्मीमा यसरी विद्रोही

को आक्रमणमा परि मर्नेमा उनी पहिलो नेपाली हुन। थापा फ्रेन्च लिजन आर्मीमा मार्च २००८मा भर्ती भएका थिए।
३० वर्षिय उमेरमा विद्रोहीको आक्रमणमा परि ज्यान गुमाएका थापाका श्रीमती सहित एक मात्र छोरा रहेका छन।
फ्रान्सको सेवा गर्न चाहने विदेशी जवानहरूका लागि सन् १८३१ मा शुरु भएको फ्रेन्च लिजन आर्मीमा यो वर्षको शुरु सम्म १५० जना जति नेपाली पुगेका छन।
विश्वका १४० देशका १७-४० वर्ष उमेर समूहका ५ फुट ३ इञ्चभन्दा अग्ला नागरिकहरू तोकिएको प्रक्रिया पूरा गरेर फ्रेन्च लिजनमा भर्ती हुन पाउँछन्। भर्तीका लागि आवेदन दिएको १० दिनमा शारीरिक परीक्षण हुन्छ। सेटअप, पुलअप, रोपक्लाइम्बिङ, १५० मिटर दौडलगायतका स्वास्थ्य र शारीरिक परीक्षामा उत्तीर्ण भएकाहरूको चारघण्टे अन्तरवार्ता लिएर बाल्यकालदेखिको अनुभव, चाहना र मनस्थितिबारे सोधिन्छ। प्रारम्भिक छनोट प्रक्रिया पूरा गरेर भर्ना क्याम्प छिरेका उम्मेदवारहरूको फैसला २१ दिनभित्र हुन्छ।
छानिएका जवानहरूलाई १६ हप्ते प्रशिक्षणपछि रुचि र दक्षताका आधारमा इञ्जिनियरिङ, इन्फेण्ट्री, प्यारा, अफिस वर्क आदि विभागमा खटाइन्छ। वर्षमा ४५ दिन बिदा पाउने लिजनेयरलाई आवश्यकता अनुसार फ्रान्स भित्र र बाहिर खटाइन्छ। कम्तीमा पाँच वर्षको शुरु करार सम्झौता सकिएपछि अर्को पाँच वर्षसम्म हरेक ६ महिनामा करार नवीकरण हुने यस काममा उमेरको हद ५५ वर्ष र सेवा अवधि २१ वर्षसम्म छ। मासिक तलब एघार सय युरोबाट शुरु हुने फ्रेन्च लिजन आर्मी मूलतः भाडाका सैनिकहरूको मर्सिनरी सेना भएकाले वैवाहिक स्थिति जेसुकै भए पनि संस्थाले पारिवारिक उत्तरदायित्व लिँदैन, हरेक जवानलाई एकल मान्दछ।
लिजनेयरहरूले न राज्य (फ्रान्स) लाई कर तिर्नुपर्छ न पेन्सन नै पाउँछन्। २१ वर्षसम्मको सेवा अवधिमा रेजिमेन्टल सर्जेन्ट मेजर (जमदार) सम्म हुन सकिने फ्रेन्च लिजन आर्मी मा ४००० युरोसम्म पुग्ने तलब र चार वर्षको सेवापछि दिन पाइने फ्रेञ्च नागरिकताको लागि आवेदन नै आकर्षण रहेको छ।
यस सम्बन्धी अन्य लिन्कहरु:-