मजदुरी गर्न भारत जाँदै गरेका एक यात्रु महेन्द्रनगरको एउटा होटल बाहिर मृत

– विक्रम गिरी

 

महेन्द्रनगर  – प्राप्त समाचार अनुसार मजदुरी गर्न भारत जाँदै गरेका एक यात्रु मंगलबार महेन्द्रनगरको एउटा होटल बाहिर मृत भेटिएका छन्। मजदुरी गर्न भारतको सिमला जाँदै गरेका बझाङ्गको रेलु-७ का गल्फे ओखेडा मृत अवस्थामा भेटिएका हुन्। उनी महेन्द्रनगर बसपार्कस्थित राजधानी होटल अगाडि सड्क छेउमा मृत अवस्थामा भेटिएका हुन्।

 बझाङ्गवाट आएका ओखेडा विश्‍वविद्यालय बन्दका कारण भारत जान नसकेपछि ५ जना साथीसहित राजधानी होटलमा बास बसेका थिए। प्रहरीले ओखेडाको शव पोर्ष्टमाटमका लागि महाकाली अञ्चल अस्पताल लगेको छ।


घट्नाको अनुसन्धान गर्न ओखेडासँगै बास बसेका चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक गोविन्द आचार्यले बताए।


रगताम्य अवस्थामा उनको शव फेला परेपछि प्रहरीले ओखेडाका सहकर्मीलाई नियन्त्रणमा लिएको हो। होटलको छतबाट आफैँ खसेको वा अरुले खसालेकोबारे प्रहरीले अनुसन्धान थालेको छ।

अन्य समाचारहरु