ललितपुरबाट चारदिन अघि अपहरणमा परेकी एक २१ वर्षीय युवतीको हत्या

काठमाडौं  – ललितपुरबाट चारदिन अघि अपहरणमा परेकी एक युवतीको हत्या भएको छ ।

कुपण्डोल घर भएकी रोजी महर्जन शुक्रबार अपहरणमा परेकी थिइन् । उनको शव महानगरीय प्रहरी अपराध महाशाखा र ललितपुर प्रहरी परिसरको टोलीले मङगलबार राति लेलेको जंगलमा फेला पारेको थियो ।

अपहरणकारीले २१ वर्षीय महर्जनको आफन्तसंग ३० लाख रुपैंया फिरौती मागेको थियो । प्रहरीका अनुसार अपहरित महर्जनको गोली हानी हत्या गरिएको हो । प्रहरीले अपहरणपछि हत्यामा संलग्न भएको आरोपमा ललितपुरकै सुवास उप्रेतीलाई पक्राउ गरेको छ । 

थप अनुसन्धान भइरहेको जनाएको छ ।

अन्य समाचारहरु