तनहुँ – तनहुँको बरभञ्ज्याङ ४ चुँदीखोलाको बाङ्गेरहमा पौडी खेल्ने क्रममा डुबेर बुधबार तीन बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ६ वर्षका धिरज नेपाली, उनका भाई ४ वर्षका राज नेपाली र उनीहरुका फूपू दिदीकी छोरी ६ वर्षीया आरती नेपाली रहेका छन् ।
मृतक दुई बालक स्थानीय अमृत नेपालीका छोराहरु हुन् भने मृतक बालिका अमृतकी बहिनी राममायाकी छोरी हुन् ।
उनीहरु केही दिन पहिले भारतबाट उक्त स्थानमा आएका र पौडी खेल्न नजान्दा डुवेर मृत्यु भएको भानु प्रहरी चौकीका प्रहरी निरिक्षक रेशम रेग्मीले वताए । उनले घटनास्थल वरपर घरहरु समेत नभएकोले तत्काल उद्दार गर्न सक्ने अवस्था नरहेको वताए । मृतकहरुको शव पोष्टमार्टमको लागि दमौली अस्पतालमा पठाउने तयारी गरिएको प्रहरी निरिक्षक रेग्मीले वताए ।



