– रघु त्रिपाठी, दक्षिण कोरिया
मानव तस्कर विरुद्धको अभियानमा लागेर विदेशमा बेचिएकी १२ हजार भन्दा बढी युवती तथा नेपाली महिलाहरुको उद्धार गरी शिक्षा स्वास्थ लगायत एचआइभी एडस सक्रमितहरुलाई सेवा प्रदान गरे वापत सिएनएन हिरो कोईरालालाई उत्कृष्ट समाज सेबी तथा नेपाली मदर टेरेसाको उपनाम दिदै एक समारोहका बीच प्रसिद्ध मान्हे पुरस्कारबाट सम्मान गरिएको हो । कोइरालासहित मान्हे पुरस्कारबाट श्रीलंकाका पुरातत्वविद् सिरिसेना बान्दा, उपन्यासकार मोयेन र कवि इगुन् बेलाई पनि पुरस्कृत र सम्मान गरिएको छ ।
कोरियाको प्रजातन्त्रको लागी जीवन बलिदान दिने प्रजातन्त्रका सेनानी तथा साहित्यकार भिक्ष् मान्हेको नाममा प्रत्येक बर्ष विश्वको मानवअधिकार, शान्ति, सामाजिक, धार्मिक, साहित्य, सांस्कती तथा विज्ञानमा महत्वपूर्ण योगदान पुरयाउदै आएका व्यक्तिहरुलाई प्रदान गर्दे आएको पुरस्कार हो ।
निस्वार्थ लगनशिलताका कारण विश्वभर नेपाल र नेपालीको शिर उच्च पार्न सफल सहासी महिला अनुराधा कोइरालाको सम्मानमा अगष्ट १४ तारिख आइतवार सउल स्थित नेपाली दूतावासमा एक विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । एनआरएन एनसिसी नेपाल पर्यटन बोर्ड नेपाल पत्रकार महासंघ नेपाल ब्यापार संघ लगायतका संघ सस्थाले सयूक्तरुपमा आयोजना गर्न लागेको सो सम्मान कार्यक्रममा उपस्थित भै उहाँलाई नागरिक अभिनन्दन गर्नकालागि कोरियाका विभिन्न पेसामा आवद्ध नेपाली समुदायलाई हर्दिक आब्हान गरिएको छ ।
जेहोस, अनुराधा कोईराला दिदिले संसारमै नेपालको नाम चिनाउन सफल हुनु भएकोमा हामि सम्पुर्ण नेपालीको सिर उँच्च भएको छ, यस्तो खुशीयालिको अबसर प्रदान गर्नु भएकोमा उहालाई हार्दिक बधाई छ ।