दिनेश गौतम
नेपालगञ्ज – नेपालगञ्ज आउँदै गरेका बाबु-छोराको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। बाँके सीतापुर-२ का ज्ञानबहादुर खड्का र उनका छोरा दामोदरको नालामा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
भे २ प १८७० नम्बरको मोटरसाइकलसहित अमेलिया नालामा खसेका ४५ वर्षीय ज्ञानबहादुर र १६ वर्षीय दामोदरको घटनास्थलमै मृत्यु भएको बाँकेका डीएसपी उदय तामाङले बताए।