दाङ – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दाङको घोराही नयाँ बसपार्कबाट तुलसीपुरतर्फ जाँदै गरेको बा २ ख ११५२ नम्बरको किया बसले घोराहीको मेनरोडमा ठक्कर दिंदा घोराही नगरपालिका ८ कलमघारी निवासी ५७ बर्षीया रोजना रोकाको आईतबार मृत्यु भएको हो ।
बसको ठक्करबाट गंम्भीर घाइते भएकी रोकाको राप्ती उपक्षेत्रिय अस्पत्ताल घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



