लाजका कारण जन्मेको दुई घण्टामै नवजात शिशुलाई धानखेतमा जिउँदै फाल्ने एक महिला इनरुवामा पक्राउ

इनरुवा  – सुनसरीको सदरमुकाम इनरुवामा जन्मेको दुई घण्टामै नवजात शिशुलाई धानखेतमा जिउँदै फाल्ने एक महिलालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ ।

इनरुवा नगरपालिका- ९ बलाहाकी रन्जु भुजेलले जन्मेको दुई घण्टामै आफ्नो नवजात शिशुलाई धानखेतमा फालेकी हुन् । बिहान ३ वजे रन्जुले शिशुलाई जन्म दिएकी थिइन् ।

दुइटा बिहे गरेर दुइटै श्रीमानसित अलग बस्दै आएकी रन्जुले लाजका कारण जन्मेको दुई घण्टामै विहान पाँच वजे गाँउ नजिकैको धानखेतमा आफ्नी नवजात छोरीलाई फालेको स्वीकार गरेकी छन् ।

रन्जुले छोरी फालेको थाहा पाउने बित्तिकै स्थानियले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले धानखेतवाट शिशुको सकुशल उद्दार गरि जिल्ला अस्पताल इनरुवा पुर्‍याएको थियो । पछि स्थानिय कै सूचनाको आधारमा प्रहरीले रन्जुलाई नियन्त्रणमा लिएको थियो ।

रन्जुलाई नियन्त्रणमा लिएर प्रहरीले अस्पताल पुर्‍याएपछि चिकित्सकले उनको परीक्षण गरेको थियो । परीक्षणका क्रममा स्वास्थ्यकर्मीले उनी केही घण्टा अगाडी मात्र सुत्केरी भएको जानकारी गराएपछि रन्जुले उक्त बच्चा आफ्नो भएको स्वीकार गरेकी थिइन् ।

अन्य समाचारहरु