रुकुम – रुकुममा निजामति कर्मचारी भए पनि आफूहरुलाई बेवास्ता गरी सरकारले तलब थोरै दिएको भन्दै गाविस सचिवले सोमबार जिल्ला विकास समिति कार्यालय घेरेका छन्।
यसअघि जिविसबाट बुझ्नेगरिएको तलब गाविसबाटै लिनुपर्ने व्यवस्था भएपछि आन्दोलन गर्नुपरेको गाविस सचिव हकहित संरक्षण मञ्चका सदस्य कृष्ण केसीले बताए। सरकारको पछिल्लो निर्णयबाट सचिवको तलबभत्ता गाविस परिषद्बाट नै निर्धारण हुने भएको छ।
सचिवहरु गाविस छाडेर आन्दोलनका लागि भन्दै जिविस गएपछि स्थानीय मर्कामा परेका छन्।