अमेरिकामा भएको कार दुर्घटनामा एक नेपाली मृत्यु


– सोमवार अमेरिकामा भएको कार दुर्घटनामा एक नेपाली मृत्यु भएको छ ।

 

नेपालबाट क्यालिफोर्नियामा एक कार्यक्रममा भाग लिएर वािसंङटन डीसी आउंदै गर्दा सुवास कुमार दर्नालको सोमबार विहान करिव साढे आठ बजे डल्लस एयरपोर्टबाट  उहां चढेको सटल बस दूर्घटना हुंदा निधन भएको छ ।

पश्चिम पाल्पाको मुझुङ्ग गाविस-१ घर भई काठमाण्डौ बस्दै आएका दर्नाल वासिङ्टन डिसीस्थित डलस इन्टर्नेशनल एयरर्पोर्टमा कार दुर्घटनामा मृत्यु भएको परिवारले बताएका छन् । उनी केहिदिन अघि मात्रै अमेरिका गएका हुन् ।

मृतक दर्नालका आफन्त कृष्ण दर्नालले क्यालिफोर्नियाबाट डलस एयपोर्टमा ओर्लेर बाहिर जादै गर्दा एपोर्ट सटल ट्याक्सी दुर्घटनामा पर्दा घटनास्थलमै मृत्यु हुन पुगेको जानकारी आएको बताए । दुर्घटनापछि त्यहाको पुलिसले दर्नालको शवलाई वेष्ट भर्जिनियास्थित रेस्टोन अस्पतालमा पुर्याएको थियो । 

उनको शव अस्पतालमै रहेको जानकारी पाएको दर्नालले बताए । नेपालबाट क्यालिफोर्नियास्थित स्टान्डफोर्ड विश्व बिद्यालयमा समर रिसर्च फेलोको रुपमा अध्ययन गर्न अमेरिका पुगेको दुई दिनमै उनको निधन भएको हो । दर्नालको श्रीमती र दुइवर्षकी छोरी छन् । उनको शव सम्भवतः मंगलवार नै काठमाण्डौ आईपुग्ने परिवारले बताएका छन् ।

दलित अधिकारको सवालमा कृयाशील रहदै आएका दर्नालको मृत्युले दलित समुदायलाई अपुरणीय क्षति पुगेको दलित अधिकारवादी संस्था फेडोकी अध्यक्ष सुजाता पौडेलले बताईन् ।