अफगानिस्थानमा नेपाली मूलका सेना मारिने क्रममा अमेरिकी सेनामा कार्यरत २४ वर्षीय नेपाली जवान बरुण राइको मृत्युभएको अमेरिकास्थित पारिवारिक स्रोतले नेपाली पोष्टलाई जानकारी गराएको छ ।
अमेरिकाको मेरिल्याण्ड राज्यस्थित सिल्भरस्प्रिड.घर भएका र्राईको गत अगस्ट ३ तारिख अफगानिस्थानको काबुलमा गाडी पल्टिएर दूर्घटनामा परि मृत्युभएको हो ।
राइ विगत साढे चार वर्षअघि मेरिल्लाण्डस्थित सिल्भरस्प्रिड.बाटै अमेरिकी सेनामा भर्ना भएका हुन् ।
राइको शवलाई मेरिल्याण्डस्थित अमेरिकी सेनाको डोभर बेस क्याम्पमा ल्याइसकिएको छ भने अगस्ट १४ तारिख सोमबार आर्लिड.टनस्थित चिहानस्थान -सिमेटरी)मा उनको अस्तु लगिने भएको छ ।
राइको परिवार विगत पाँच वर्षभन्दा बढी समयदेखि मेरिल्याण्डमा बसोबास गर्दै आएको हो ।
आर्लिड.टनस्थित उक्त चिहानस्थलमा कुनै पनि अमेरिकी युद्धस्थलको शिलशिलामा कार्यरत हुँदा मृत्युभएका सेनाहरुको शवलाई अन्तिम संस्कार गरी त्यहाँ अमेरिकी सेनाले सैनिक सम्मानका साथ चिहानमा पुर्ने गर्दछ ।
– नेपाली पोष्ट