लगातार परेको वर्षाका कारण महाकाली नदीमा यसवर्षकै अत्यधिक पानीको बहाव

महेन्द्रनगर  – आइतबारदेखि लगातार परेको वर्षाका कारण  महाकाली नदीमा यसवर्षकै अत्यधिक पानीको बहाव रहेको छ ।

मंगलबार मापन गरिए अनुसार महाकालीमा ३ लाख ३ हजार क्युसेक पानीको बहाव रहेको छ । यसअघि यसैबर्ष २ लाख २० हजार क्युसेक पानीको बहाव मापन गरिएको थियो ।

पानीको बहाव अत्यधिक भएपछि सीमामा रहेको बनवासा पुलमा रातो बत्ती बालिएको र पुलमा यातायात संचालन बन्द गरिएको छ । महाकालीमा १ लाख क्युसेक पानी भएपछि पुल बन्द गरिने गरिन्छ । ब्यारेजका २४ वटा ढोका खोलिएको गड्डा चौकी इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नेत्र प्रसाद भट्टले बताए ।

भिमदत्त नगरपालिकाको ११,१२र १३ वडाको भुजेलादेखि बडेपुरसम्म महाकालीले कटान सुरु गरेको छ ।