अबिरल बर्षाले सुदूरपश्चिमका सबै पहाडी जिल्लामा यातायात अबरुद्ध

– डीआर पन्त

 

डडेलधुरा – अबिरल बर्षाले सुदूरपश्चिमका सबै पहाडी जिल्लामा यातायात अबरुद्ध भएको छ । भिमदत्त राजमार्गको साहुखर्क सडक खण्डमा गएको पहीरोले मंगलवार बिहानै देखि यातायात अबरुद्ध भएको हो ।

भिमदत्त राजमार्ग अबरुद्ध भएपछि सयौं सवारी साधान  र यात्रुहरु अलपत्र परेका छन् । सडक अबरुद्ध हुदाँ पहाडी जिल्ला डडेल्धुरा, बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुला र डोटी आवत जावत गर्ने सवारी साधान बीचबाटमा नै अलपत्र परेका छन् ।

भिमदत्त राजमार्गको साउखर्क सडक खण्डमा एक सय मिटर लामो पहिरो गएको साहुखर्कबाट फर्कीएका समाजसेवी राम अबस्थीले बताए । तराईवाट पहाड आउने र पहाडी जिल्लाबाट तराई जाने सबै सवारी साधन अबिरल बर्षाका बिच अलपत्र अबस्थामा रहेका छन् ।

डडेलधुरा डोटी केआई सिंह राजमार्गको गजरौला सडक खण्डमा गएको पहीरोका कारण डडेलधुरा देखि पहाडी जिल्लामा चल्ने यातायातका साधन समेत अलपत्र रहेका छन् । चार दिन देखि परेको अबिरल बर्षाले यअ अघि नै बझाङ्ग, दार्चुला र बजुरामा पनि यातयात अबरुद्ध भएको छ । बर्षाले डडेलधुरा जिल्ला भित्रका सबै सडकहरु भत्कीएपछि यातायात ठप्प भएको छ ।

भिमदत्त राजमार्गमा गएको पहिरो हटाउन जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट प्रहरी समेत परिचालन गरिएको छ । सयौं सवारी साधनहरु बाटैमा अलपत्र रहेकाले दुई वटा डोजर पठाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । राती अबेरसम्म भएपनि भिमदत्त राजमार्ग खोलीने लामीछानेले बताए ।

अन्य समाचारहरु