खाँदबारी – संखुवासभाको सभापोखरी धार्मिक तीर्थस्थलवाट र्फकदै गरेका एक तीर्थयात्रीको बाटोमै मृत्यु भएको छ । धुपु गाबिस ४ का ६४ बर्षीय गंगाप्रंसाद सुबदीको बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमती चन्द्रमाया सहित तीर्थयात्रामा साउन २५ गते हिडेका सुबेदीको अत्याधिक चिसो र लेक लागेर सभापोखरीको चित्रे भन्ने स्थानमा मृत्यु भएको उनका छोरा भरत सुबेदीले बताए ।
घटना स्थल सदरमुकाम खाँदबारीवाट २ दिनको पैदल दुरीमा पर्छ । घटना पछि प्रहरीटोली घटनास्थल गएको निमित्त प्रनाउ महेन्द्रराज कार्कीले बताए ।