– रोजगारीको सिलसिलामा भारतमा पुगेका नेपाली मजदूरको मङ्गलबार मृत्यु भएको छ।
मजदूरीका लागि भारतको उत्तराञ्चल प्रदेश रुद्रप्रयाग जिल्ला गौरीकुण्ड गएका सल्यानका जिमाली गाविस-३ का २३ वर्षीय भीमबहादुर बोहराको मृत्यु भएको हो। तीर्थयात्री बोक्नका लागि बनाइएको डोली समाएर लाइनमा उभिएका बेला माथिबाट खसेको ढुङ्गा लागेर उनको मृत्यु भएको हो।
बोहराले साथीहरुसँग प्रसिद्ध तीर्थस्थल केदारनाथमा तीर्थयात्री बोकेर ओसारपसार गर्ने काम गर्दै आएका थिए। तीर्थयात्री बोक्नका लागि बनाइएको डोली समाएर लाइनमा उभिएका बेला माथिबाट खसेको ढुङ्गा लागेर उनको ज्यान गएको भारतमै रहेका सहपाठी कुलबहादुर पाण्डेले घर परिवारलाई जानकारी दिएका छन्।
बोहराको शव रुद्रप्रयाग जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ। तीर्थयात्रीलाई डोलीमा राखेर बोक्न यहाँका सर्वसाधारण भारत जाने गरेका छन्।