– कृष्ण खनाल
बुटवल २३ साउन । पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं.४ बारुदखान बस्ने राम प्रसाद न्यौपानेले आफ्नो १७ वर्षिय छोरा किशोर न्यौपाने बेपत्ता भएको भन्दै खोजी गरीदिन आग्रह गरेकाछन्

। गत साउन २२ गते आफ्नो घर बारुदखानबाट तानसेनकै नारायणस्थान स्थित साथीको कोठामा जान्छु भनिहिडेंका किशोर २३ गते देखि सम्पर्क बिहिन भएको उनको भनाइ छ । पाल्पाकै जल्पा गाऊ विकास समिति वार्ड नं. ५ स्थायी घर भै दक्षिणपूर्वि पाल्पाको बहादुरपुरमा अध्यापन गराउदै आएका पिडित राम प्रसादले बुधबार तानसेनमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराएका हुन् । किशोर बेपत्ता भएको अर्को दिन किशोरकै मोबाइल नं. ९८४७२६६३७९ बाट एक अपरिचित व्यक्तिले फोन गरी किशोरलाई आफूले अपहरण गरेको र एक करोड रुपमा फिरौती मागेको पिडित रामप्रसाद बताऊछन् ।
अपहरणकारीले प्रहरी प्रशासन र सचारकर्मीहरुलाई खबर गरे नराम्रो हुने चेतावनि दिएका कारण आफूले प्रहरी प्रशासन र सचारकर्मीलाई त्यस बारे औपचारीक जानकारी नदिएको पिडित राम प्रसादको दाबी छ । सुरुमा एक करोडबाट बार्गेनिङ्ग हुूदै गएको शुव्रुबार १५ लाखमा झरेको र आफूहरुले १५ लाख दिन नसक्ने र पाूचलाख सम्म ऋण खोजेर भए पनि दिने बताए पनि अपहरणकारीले अझै बिचार गर् भन्दै फोन राखेको त्यसपछि फोन सम्पर्क समेत नभएकोले आफूहरु थप पिडित भएको परिवारजनको भनाई छ ।
अपहरीत किशोरका बाबु जिल्लाको दुर्गम मानिने बहादुरपुर गाविस-एक माविमा अध्यापन गराउदै आएका छन भने उनको आर्थिक हैसियत एक करोड चन्दा दिन सक्ने नहुनु र अपहरणकारीले निजको नाऊमा कुन बैङ्कमा खाता छ कहाूकहाू घडेरी छ भन्ने दाबी गर्दै फिरौती माग्नुले अपहरणकारी चिनजानकै व्यक्ति भएको आशंका गरिए पनि किशोरको अपहरण कसले गर् यो भन्ने थाहा हुन सकेको छैन् । पिडित परिवारले घटनाबारे प्रहरी समक्ष अझैूसम्म औपचारीक जानकारी तथा खोजतलासका लागि निवेदन नदिए पनि प्रहरीले आफ्नो तर्फबाट अपहरीतको खोजतलास भैरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक गोपाल थपलियाले घटनाबारे अनुसन्धान भैरहेको बताऊदै अहिले सम्म कुनै ठोस उपलब्धी हासील हुन नसकेको जानकारी दिए ।
अपहरणकारीले अपहरीतका बाबु रामप्रसादसूग फोनमा पनि कुरा नगरी आमासूग मात्र कुरा गर्नु र किशोरको आवाज समेत नसुनाउनुले अपहरणकारी चिन जानकै र रिसइवीका कारण भएको हुन सक्ने आशंका गरिएको छ । माओवादी द्वन्द्वकालमा बाहेक पाल्पामा यस प्रकारको घटना पहिलो भएको बताइएको छ ।