अमेरिकाको मेरिल्यान्डबाट भूटानी युवती हराइन्

प्राप्त समाचार अनुसार अमेरिकाको मेरिल्यान्डबाट २४ वर्षीया अबिमाया सार्की हराएकी छन् । भूटानी शरणार्थी सार्की जुलाई २६ देखि हराएको प्रिन्स जर्ज काउन्टी पुलिसले एक सूचनामार्फत जनाएको छ । उनलाई पछिल्लोपटक जुलाई २६ मा मेरिल्यान्ड राज्यको रिभरडेलमा देखिएको थियो ।

सन् १९८६ अक्टोबर ३ मा जन्मिएकी सार्की ५ फिट एक इन्च अग्ली र करिब १ सय पाउन्डकी छन् । उनलाई कसैले देखेमा प्रिन्स जर्ज काउन्टी पुलिसकी जेनिफर सिम्मसलाई ३०१ ६९९ २६०१ मा वा ८०० ६३७ ५४३७ मा फोन गरिदिन अनुरोध गरिएको छ ।