विश्व तेक्वान्दो प्रतियोगितामा सभागिता जनाउन कोरिया पुगेका खेलाडी बेपत्ता

– उमाकान्त पाण्डे गाउंले


यूएई डेस्क – दक्षिण कोरियाको सिओल बाट बिशेष स्रोतले जनाए अनुसार र हामीलाई त्यहा स्थित हाम्रा सवांदाताले दिएको जानकारी अनुसार दक्षिण कोरियाको नामयङजु सिटिमा विश्व तेक्वान्दो हानमादाङृ सभागिता जनाउन आएका दुई नेपाली खेलाडी  वेपत्ता भएका छन् ।


गत अगस्ट १० तारिखदेखि १३ तारिख सम्म भएको खेलमा उनीहरुले अनुपस्थित भएपछि यस्तो रहस्य खुलेको हो ।


विश्व तेक्वान्दो महासंघ तथा कोरिया तेक्वान्दो संघको संयुक्त आयोजनामा आयोजित एक कार्यक्रममा सहभागी हुन उनीहरु गत जुलाई ९ तारिखमा कोरिया आएका थिए ।


विश्वकिर्तीमानी तेक्वान्दो खेलाडी संगिना वैध सहित १२ जनाको टोलीसँगै कोरिया आएका भुपेन्द्र मगर र उत्तम रिमाल विश्व तेक्वान्दो हानमादाङृ खेलमा सहभागीता जनाउन कोरिया गएका थिए ।


सो खेलमा विश्वका ८० वटा राष्ट्रका ११ सय भन्दा बढी खेलाडीको सहभागीता रहेको थियो ।


अर्घाखाँची डट्कम् को बिशेष स्रोतले जनाए अनुसार ति खेलाडी हरु त्यहा अबैधानिक रुपमा काममा लागेको समेत थाहा भएको छ। देशमा खेलाडीको उच्च सम्मान नभएका कारण बिदेशमा खेल खेल्न गएका खेलाडी त्यतै भाग्ने भने नयाँ नभएको बिश्लेशक को भनाइ छ।