बुटवलमा एकिकृत शैन्य आधार तालिम


 

– कृष्ण खनाल


बुटवल भदौ २ । नेपाली सेना एकिकृत सैनिक तालिम केन्द्र सालझण्डी रुपन्देही अन्तर्गत श्री नम्बर ३ सैनिक तालिम गुल्म बुटवलको प्रथम एकिकृत शैन्य आधार तालिम सम्पन्न भएको छ ।


नेपालमा पहिलो पटक सालझण्डी रुपन्देहीमा केन्द्रिय स्तरको नेपाली सेनाको एकिकृत सैनिक तालिम केन्द्र स्थापना भएपछि पहिलो पटक करिब ७ सय जना शैन्य जवानले ९ महिनाको तालिम पश्चात बिधिवत दिक्षित भै आजदेखि आफ्नो कार्य क्षेत्रमा प्रवेश गरेका छन ।


आज आयोजित दिक्षान्त समारोहमा बोल्दै नेपाली सेना तालिम बिभाग प्रमुख महादर्िेशक एवं उपरथि राम बहादुर गुरुङ्गले सम्बोधन गर्दै नेपाली सेनाको ऐतिहासिक गौरबलाई आत्मसात गरि देश र जनताको सेवामा सदैव समर्पित रहन आग्रह गर्नुभयो ।


सो अवसरमा एकिकृत सैनिक तालिम केन्द्र सालझण्डी रुपन्देहीका शिक्षाध्यक्ष एवं सहायक रथि धिरबहादुर गुरुङ्ग  श्री नम्बर ३ सैनिक तालिम गुल्मका प्रमुख एवं सेनानी पुर्णबहादुर गुरुङ्ग लगाएतले नेपाली सेनाको एकिकृत सैनिक तालिम कार्यक्रम र शैनिक अभ्यासका बारेमा जानकारी गराउनु भएको थियो ।


नेपाली सेनामा रहेका बिभिन्न १० बिधाका शैन्य आधार तालिमहरुलाई एकै स्थानबाट संचालन गर्न एकिकृत सैनिक तालिम कार्यक्रम शुरु गरिएको छ र सालझण्डी रुपन्देहीमा स्थापित सो केन्द्रले एकिकृत शैन्य आधार तालिमको पहिलो टोलीलाइृ्र आज दिक्षित गरेको हो ।

अन्य समाचारहरु