नेपालगन्ज – बिरामी छाडेर बाँकेबाट फर्कँदै गरेको एम्बुलेन्सले ठक्कर दिँदा एक जना बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार दिउँसो नेपालगन्जबाट बर्दिया गुलरिया जाँदै गरेको भे १ च ५२८ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा बाँके रनीयापुरकी १० वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ ।
रनीयपुर -४ की बालिका सलामत खाँलाई एम्बुलेन्सले नेपालगन्ज- गुलारिया सडक खण्डको रनीयापुर क्षेत्रमा ठक्कर दिएको प्रहरी नायव उपरीक्षक उदय तामाङले बताए । ठक्कर दिएको एम्बुलेन्स र चालकलाई बार्दिया जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ ।



