क्रान्तिकारी पत्रकार संघ गुल्मीमा सुनार, केन्द्रदेखि स्थानीय तहैसम्म उपाध्यक्षको घुँईचो

– शिबलाल सुबेदी


गुल्मी भदौ ३ ।  क्रान्तिकारी पत्रकार संघ गुल्मीको दोस्रो जिल्ला अधिवेसन प्रेम सुनारलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गर्दै सम्पन्न भएको छ ।


अधिवेसनले सघंकॊ उपाध्यक्षमा ४ जनालाई चयन गरेको छ जस अनुसार उपाध्यक्षहरु क्रमस।पदम पाण्डेगणेश सारुमदन पौड्याल र नारायण ज्ञवाली रहेका छन । त्यस्तै सचिवमा अभिमन्यु पोखरेलसहसचिव घनश्याम खरेल र कोषाध्यक्षमा दधिराम खनाल लगायत २५ सदस्य निर्वाचित भएका छन् । यसैगरी अधिवेसनले भरत पाण्डेको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा निवर्तमान अध्यक्ष शंकर कुँवरसगरमाथा टेलिभिजनका गोकुल श्रेष्ठनेपाल पत्रकार महासंघका केन्द्रिय पास्रद तिलक महतकृष्ण पाण्डेहरिकृष्ण पन्थी लगायत  रहेका छन् ।


    शुक्रवार राती सम्पन्न भएको अबिधेशनले शनिवार विहान सदरमुकाम तम्घासमा घोषणा सभाको आयोजना गरी सम्पन्न सम्मेलनवाट निर्वाचित कार्यसमितिको क्रान्तिकारी पत्रकार संघ नेपालका केन्द्रिय सचिवालय सदस्य एवं सम्मेलनका प्रमुख अतिथि हिरामणि दुखीले पदाधिकारीको नामावली घोषणा गरेका थिए । कार्यक्रममा सचिवालय सदस्य दुखिले क्रान्तिकारी पत्रकारहरुले सदैव जनताको पक्षमा कलम चलाउनु पर्नेमा जोड दिएका थिए ।

 

सोही कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रेम सुनारले राजनैतिक आस्थाका आधारमा समचार लेख्नॆ प्रवृत्तिको अन्त्य गरीने र सवै दल विचारको सम्म्मान गर्दै राम्रा नराम्रा दुवै पक्ष उठान गर्न क्रनै कसुर बाँकि नराख्ने बताए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासघं गुल्मीका अध्यक्ष घनश्याम गौतम प्रेस युनियन केन्द्रिय सदस्य जनार्दन घिमीरे प्रेस चौतारी गुल्मीका सचिब शिबलाल सुबेदी लगायतले क्रान्तिकारी पत्रकार सघं गुल्मीका नव निर्वाचित अध्यक्ष लगायत सम्पुर्ण कार्य समितीका सदस्यहरुलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका थिए ।

अन्य समाचारहरु