लमजुङको बेसीशहरमा बसको ठक्करबाट तीन जनाको मृत्यु

लमजुङ  – लमजुङको सदरमुकाम बेसीशहरमा बसको ठक्करबाट आइतबार तीन जनाको मृत्यु भएको छ । ठक्करबाट ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गाउँशहर ८ का ५६ वर्षीय सन्तुमाया श्रेष्ठ, पाचोक, २ का २७ वर्षीय मनकुमारी गुरुङ र स्याड्जा घर भइ हाल बेंसीशहर बस्ने ३ बषर्ीय छोरी सुनिता गुरुङ छन् ।

सुनिताका आमाबाबु ४४ वर्षीय यमबहादुर गुरुङ र २७ वर्षीया सुमित्रा गुरुङ घाइते भएका छन् । यसैगरी स्याङ्जा घर भइ बेंसीशहर बस्ने ६० वर्षीय देवकी लोहनी, २८ वर्षीय राजेश सुनुवार र लमजुङ पाचोकका १६ वर्षीया अस्मिता गुरुङ छन् । घाइतेहरुको जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा उपचार भइरहेको छ ।

नारायणगढबाट आएको ग १ ख १८१९ नं को बसले सडकमा हिंडिरहेका यात्रुहरुलाई ठक्कर दिएको हो । बसको ‘ब्रेक फेल’ भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्य समाचारहरु