बारामा बौलाहा कुकुर र स्यालले टोकन थालेपछि स्थानीय बासिन्दाहरु आतंकित

बारा  – प्राप्त समाचार अनुसार पुर्वी जिल्ला बाराका कयौ गाविसहरुमा स्याल र कुकुरको आंतक बढेको छ । बाराको सिम्रौनगढ क्षेत्र अन्तगर्तका अमृतगंज, गोलागंज, उचिडीह लगायतका गाविसहरुमा बौलाहा कुकुर र स्यालले टोकन थालेपछि स्थानीय बासिन्दाहरु आतंकित बनेका छन् ।

यसका साथै बौलाहा स्यालले कुकुरलाई टोकने गरेको र सोही कुकुरले मानिसलाई टोक्ने गरेको स्थानीय बासिन्दाको भनाई छ ।

दुई साता यता उचिडीहमा ६ जना, अमृतगंजमा ९ जना र गोलागंजमा ७ जनालाई बौलाहा कुकुर र स्यालले टोकेको स्थानीय बासिन्दाले जनाएका छन् ।

गिद्घहरु लोप भएपछि गाउँमा पशु मरेपछि यसै फालिने गर्दा सो पशुको मासु खाएर स्याल र कुकुरहरु बौलाहा हुने गरेको स्थानीयबासीको धारणा छ ।

सम्बन्धीत निकायले कुकुरको प्रजनन नरोक्नु र नगरपालिकाबाट पनि कुकुरलाई समातेर गाउँमा छाडने गरेकोले कुकुरको संख्यमा बृद्घी भएको जनाइएको छ ।   

अन्य समाचारहरु