
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले शनिबार दाहालको सम्मानमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा उनले विश्व साइकल यात्राका अनुभव सुनाएका थिए ।
कार्यक्रममा भेला भएका गैर आवासीय नेपाली, विद्यार्थीसहितका झण्डै तीन सय नेपालीले दाहाललाई शुभकामना दिएका थिए । कार्यक्रममा नेपाली राजदूत योगेन्द्र ढकालले दाहाललाई सम्मान गरे ।
राजदूत ढकालले पनि दाहालको साइकल यात्राको सफलताको कामना गरे । ‘म तपाईंलाई अर्को मुलुकमा जाने भिसा उपलब्ध गराउन पनि सहयोग गर्छु,’ उनले भने ।
दाहालको सम्मानमा गैर आवासीय नेपाली संघले शुक्रबार सम्मान गर्दैछ । उनलाई सिड्नीमा नेपाली विद्यार्थी प्रमोद मिश्रले होटलमा निःशुल्क आवासको सुविधा उपलब्ध गराएर सहयोग गरेका छन् ।
दाहालको यो ३७ औं भ्रमण राष्ट्र हो ।



