कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा सर्पदंशबाट दुई महिनाको अवधिमा १० जनाको मृत्यु

कञ्चनपुर। कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अञ्चल अस्पतालमा सर्पदंशबाट पीडित भै अस्पताल भर्ना भएका १० जनाको दुई महिनाको अवधिमै मृत्यु भएको छ । असार र साउन महिनामा उपचारका लागि अस्पताल पुगेका सर्पदंशका उक्त बिरामीको मृत्यु भएको हो ।


सघन कक्ष( आइसियु) मा राखेर बिरामीलाई उपचार गराउनुपर्ने भए पनि यहाँस्थित महाकाली अञ्चल अस्पतालमा सो सेवा नभएपछि ढिलो गरी उपचारका लागि आउने बिरामीको मृत्यु हुने गरेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।


वर्षायामसँगै विगतको वर्षका तुलनामा कञ्चनपुरमा सर्पको बिगबिगी बढेको छ । यस वर्षको वर्षायामसँगै  सर्पदंशबाट पीडित  ७२ जना अस्पताल भर्ना भएका थिए ।  अस्पतालमा उपचारका लागि ल्याइएका केहीलाई भारतीय सहरमा रिफर गरिएको र केही भने निको भएर घर गएको अस्पतालले जनाएको छ ।


अन्य समाचारहरु