स्याङजा – स्याङजामा सिदार्थ राजमार्गको वालिङ गल्याङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
वालिङवाट गल्याङ तर्फ जाँदै गरेको लु १० प ९४५ नम्वरको मोटरसाइकल र गल्याङबाट वालिङ आउँदै गरेको ग ४ प ७६३५ नम्बरको मोटरसाइकल वालिङ ३ डुमि्रकोटमा एकआपसमा ठोक्किंदा मोटरसाइकलमा सवार वालिङ ५ मिर्दीका २० वर्षीय हसन सैंयाको घटनास्थलमा नै मृत्यु भएको हो । यसैगरि घाइते हुनेमा मोटसाइकलमा सवार वालिङ ३ का युवराज पौडेल र मिलन सुनारको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
दुवै मोटरसाइकल तिव्र गतिमा भएकोले दुर्घटना भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।



