कपिलवस्तुको कृष्णनगरलाई नगरपालिका घोषणा गर्न माग

काठमाडौं – कपिलवस्तुको पुरानो व्यापारिककेन्द्र कृष्णनगरलाई नगरपालिका घोषणा गर्न कपिलवस्तुबाट प्रतिनिधित्व गर्ने सभासद्, नागरिक समाज र विभिन्न संघसंस्थाका प्रतिनिधिले माग गरेका छन् ।

सभासद्सहित नागरिक समाजका प्रतिनिधिले सोमवार स्थानिय विकास मन्त्रालयका सचिव सुशिल घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै कृष्णनगर र आसपासका दुई वटा गाविसलाई समेटेर नगरपालिका घोषणा गर्न माग गरेका हुन् ।    

‘नगरपालिका घोषणा गर्नका लागि आवश्यक गृहकार्य तत्काल प्रारम्भ गर्न सम्पूर्ण कपिलवस्तुका जनप्रतिनिधि, संघ, संस्था तथा नागरिकको तर्फबाट जोडदार माग गछौं ।’ विज्ञप्तिमा भनिएको छ । 

सम्पूर्ण मापदण्ड एवं पूर्वाधार पूरागरी २०४३ सालदेखी नगरपालिका बन्ने पर्खाइमा रहेको उक्त गाविसलाई गणतन्त्रपछिको सरकारलेसमेत नगरपालिका घोषणा नगरी उपेक्षा गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ऐतिहासिक महत्व बोकेको तथा नेपाल भारत सिमानामा पर्ने कृष्णनगर सक्षम, सामथ्र्य तथा मापदण्ड र पूर्वाधार युक्त भएको भन्दै तत्काल नगरपालिका घोषणा गर्न भनिएको छ । भौगोलिक इतिहास, माग, संभाव्यता, पूर्वाधार तथा आवश्यकतालगायतका विषयमा गहन विष्लेषण गरि नगरपालिका थपघट गर्नुपर्ने भएपनि सरकारले त्यसो नगरेको कृष्णनगरवासी मिर्जा अरशद बेगले बताए ।

अन्य समाचारहरु