पर्वत – प्राप्त समाचार अनुसार पर्वत सदरमुकाम कुश्मा बजार र कटुवाचौपारी गाविस जोड्ने मोदी खोलामा निर्मित मुलुकै अग्लो झोलुङ्गे पुलबाट हाम फालेर मंगलबार एक मजदुर बेपत्ता भएका छन् ।
साथै १ सय ३५ मिटर अग्लो उक्त झोलुङ्गे पुलबाट हाम फालेर सर्लाही घर भई पर्वतमा बसेर रिक्सा चलाउँदै आएका ३२ बर्षीय श्याम कार्की बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बिहान ८ बजे पुलबाट हाम फालेर नदीमा बेपत्ता भएका कार्कीको शसस्त्र प्रहरी र जनपथ प्रहरीले खोजी कार्य जारी राखेको छ । हाम फाल्नुको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताए । यस अघि पनि सो पुलबाट हाम फालेर एक व्यक्ति बेपत्ता भएका थिए ।