एकता समाज कतारको एरिया समिती गठन

– लुमाकान्त पुन

 

दोहा – कतार नेपाली एकता समाजको तेश्रो राष्टिय सम्मेलनलई पुर्णरुपमा सफल पार्नको लागि तिव्ररुपमा तयारी भैरहेको छ । सदस्यता बितरण इकाई तथा एरिया समितीहरु गठनपुनर्गठन ब्यापक रुपमा भैरहेको छ ।

 

यसैक्रममा वक्रामा एरिया अध्यक्ष पुरुषोत्तम काफ्लेको पहल तथा समाजका केन्द्रिय सदस्य लुमाकान्त पुनको बिषेश उपस्थितिमा १९ अगष्ट २०११ का दिन ११ सदस्यीय वक्रा एरिया समिती पुनर्गठन गरिएको छ । पुनर्गठित कार्यसमितीमा निम्न साथीहरु रहनुभएको छ ।

 

अध्यक्ष पुरुषोत्तम काफ्ले झापा  उपाध्यक्ष मणिक लाल लिम्बु धनकुटा  सचिव प्रकाश कु।आचार्य झापा सहसचिव केशव कुमार भट्टराई झापा कोषाध्यक्ष सन्तोष श्रेष्ठ झापा र सदस्यहरुमा क्रमशः नरेन्द्र राई सोलुखुम्बु लोकेन्द्र घिसिङ्ग झापा मान िसंह खत्री अर्घाखाँची कमल प्रसाद बराल झापा र साथै २ जना सदस्य पद रिक्त राखिएको छ । कार्यक्रमको शुरुमा केन्द्रिय अतिथी लुमाकान्त पुनले प्रशिक्षण दिनु भएको थियो भने अर्का अतिथि पूर्व केन्द्रिय सदस्य सुर्य सुवेदी ले समाजको बारेमा प्रकाश पार्नु भएको थियो ।

 

अन्तमा नयां कार्य समितीलाई कार्यक्रमको बिषेश अतिथी लुमाकान्त पुन ले हार्दिक बधाई तथा शुभकामना दिनुभएको थियो ।