गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको पाचौं अधिवेशनबाट नवनिर्वाचित कार्यकारिणी समितिको अन्तिम नामावलि घोषणा भएको छ ।
निर्वाचन समितीका प्रमुख डा.राम गिरी एवं सदस्यद्धयहरुबाट प्राप्त सुचना अनुसार, एनआरएन जापानको बिधान बमोजिम धारा १०.१ ले तोके अनुसार नै तपसिल बमोजिमका पदाधिकारीहरुको सर्व सम्मतीको आधारमा आउदो २ बर्ष (२०११-२०१३) को लागि गठन गरिएको हो ।
बाकि ६ सदस्यीय कार्यसमितीका सदस्यहरु, सल्लाहाकार समितीहरु र आवश्यक बिभागिय समितीहरुको लागि निर्वाचित नयाँ कार्यसमितीले नै मनोनित गरिने ब्यहोरा पनि जापानबासि आम नेपालीहरुको लागि यसै सुचनाद्धारा सुचित गरिन्छ ।
अध्यक्ष :- ओम गुरुङ
उपाध्यक्ष :- बिष्णु रेग्मी
उपाध्यक्ष :- चिरन्जिवि थापा
उपाध्यक्ष :- डिलाराम खरेल
महा-सचिव :- डा.राजेन्द्र प्रसाद पराजुली
सचिव :- सरोज कंडेल
कोषाध्यक्ष :- नर बहादुर थापा
प्रवक्ता :- शरद कुमार गौचन
सदस्य :- बिश्वेश्वर रेग्मी
सदस्य :- दन्डपानी कंडेल
सदस्य :- देविलाल भण्डारी
सदस्य :- केशर गिरी
सदस्य :- सन्दिप ढुंगाना
सदस्य :- तुलसीराम खरेल
भवदिय,
शरद कुमार गौचन
नवनिर्वाचित प्रवक्ता, एनआरएन जापान